कांग्रेस केन्द्रीय समिति बैठक : पालिका चुनावकाे नतिजालाई ध्यान दिँदै गठबन्धन कायम गर्नुपर्नेमा जाेड

 असार २९, २०७९ बुधबार २०:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आउँदाे दिनमा पालिका चुनावकाे नतिजालाई ध्यानमा राखेर गठबन्धन कायम गर्नुपर्ने माग उठेको छ । 

बुधवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन् । 

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भाेलि बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेपछि पार्टीले निष्कर्ष निकाल्ने बताउनु भयो । उहाँले जनाधारलाई मध्यनजर राखेर गठबन्धनलाई अघि लैजानुपर्ने कुरामा आज केन्द्रीय सदस्यहरुले जोड दिएको बताउनु भयो । 

प्रवक्ता महतले पार्टीको भ्रातृ संरचना र सङ्गठनहरुलाई पूर्णता दिने र आउँदाे प्रदेश र सङ्घको चुनावका लागि नयाँ अभियान सुरु गर्नुपर्ने कुरा पनि उठेको बताउनु भयो । उहाँले पार्टी भित्रका असन्तुष्टिहरु पार्टीभित्र नै कुराहरु अभिव्यक्त गर्नुपर्ने कुरा पनि छलफल भएको बताउनु भयो । त्यस्तै सरकारका एकवर्षे कामहरुको बारेमा पनि छलफल भएको बताउनु भयो ।

प्रवक्ता महतले महँगी, मूल्यवृद्धि, मलखादको अभावका बारेमा सरकार गम्भीर बनेर आउँदाे चुनाव लक्षित हुनुपर्ने माग बैठकमा उठेकाे बताउनु भयाे । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया