त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको हुँदैन : गिरिराजमणि पाेखरेल

 असार ३०, २०७९ बिहीबार १५:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको नहुने बताउनुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै उहाँले अब उच्च शिक्षा बदल्नका लागि त्रिविकाे पुनर्संरचना गर्नु आवश्यक भएको बताउनुभयो । 

पोखरेलले विश्वविद्यालयमा धेरै काम सेटिङमा हुने भएकाले प्रश्नपत्र बाहिर आउनु एउटा सानो सेटिङ मात्रै भएको दाबी गर्नुभयो । उहाँले कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयलाई 'सेन्टर एक्सलेन्स' बनाएर अन्य क्याम्पसहरूलाई प्रादेशिक विश्वविद्यालय बनाएर प्रदेश सरकारलाई चलाउन दिँदा उच्च शिक्षामा सुधार आउने बताउनु भयो । क्याम्पसका प्राध्यापकहरू राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने भएकाले शिक्षामा गुणस्तर नभएको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालयका समस्या अलिअलि औषधि दिएर हल हुने अवस्था छैन । त्रिभुवन विश्व विद्यालयलाई सुधार गर्नका लागि पुनर्संरचनाको आवश्यकता छ । यहाँभित्र धेरै सेटिङ रहेको छ । त्रिभुवन विश्वविद्यालय बदल्ने भनेको उच्च शिक्षा बदल्ने भनेको हो ।’

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया