'ई–स्पाेर्ट्स' का लागि छुट्याइएकाे बजेट कुनै संस्था वा खेलका लागि हाेइन : मेयर साह

 असार ३०, २०७९ बिहिबार १६:०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले ई–स्पाेर्ट्सका लागि छुट्याइएकाे बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएकाे प्रष्ट पार्नु भएकाे छ । 

ई–स्पाेर्ट्सका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठेका प्रसङ्गका विषयमा ध्यानाकर्षण भएको जनाउँदै मेयर साहले यस्ताे बताउनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, ‘ई-स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई-स्पोर्ट्स खर्बाैँकाे आर्थिक योगदान गर्ने विधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई-स्पोर्ट्स पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्ट्सका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।

यस्तै मेयर साहले कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएकाे छ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्नेजस्ता गैरकानुनी र अनैतिक काममा महानगर सामेल नहुने उहाँले प्रतिबद्धता जनाउनुभयाे ।’

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया