बजेट प्रकरण : संसदीय छानबिन विशेष समितिमा हेरफेर

 असार ३०, २०७९ बिहिबार १६:५०:० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्य–तथ्य पत्ता लगाउन गठन गरिएकाे संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ । 

प्रतिनिधि सभाको आज बिहीवारकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गर्नुभएको प्रस्तावमा सहमति जुटेको हो । अब समितिमा नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनु हुनेछ । 

कांग्रेस सांसद भुसालले बिहीवार (आजै) प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दिनुभएको छ । 

आउँदाे आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न लगाइएको भन्दै त्यसको छानबिन गर्न गएकाे असार २२ गते विशेष समिति बनाइएकाे थियाे । समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका चार जनासहित ११ सदस्य रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया