पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन आईएमएफ सहमत, तत्कालको सङ्कट टर्ने

 असार ३०, २०७९ बिहिबार १७:०:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : द नेशन

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन सहमत भएको छ । आईएमएफसँग ६ अर्ब डलरको ऋण सम्झौतामा हस्ताक्षर भएकाले पाकिस्तानले पहिलो किस्ताबापतको एक अर्ब ७७ करोड डलर छिटै प्राप्त गर्ने बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि सन् २०१९ मा आईएमएफ र पाकिस्तानबीच ६ अर्ब डलरको ऋण सम्झौता भए पनि आधा रकम भुक्तानी गरेपछि आईएमएफले सम्झौता रद्द गरेको थियो । पाकिस्तानको ऋण तिर्ने क्षमता कम हुँदै गएको भन्दै अन्य अन्तर्राष्ट्रिय वित्तीय तथा आर्थिक साझेदार संस्थाले ऋण दिन अस्वीकार गर्दै आएका थिए ।

यसअघिका प्रधानमन्त्री इमरान खानको सरकार हुँदा सम्झौता रद्द भए पनि अहिले प्रधानमन्त्री शहबाज शरिफले पुनः छलफल अघि बढाएपछि आईएमएफ ऋण दिन तयार भएको खबरमा उल्लेख छ ।

ऋण सम्झौताले पाकिस्तानको आर्थिक सङ्कटलाई पार लगाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री शहबाजले बताउनुभएको छ । ऋण सम्झौताका लागि कडा मेहनत गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्री शहबाजले वित्त र विदेशमन्त्रीसहित कर्मचारीलाई बधाई र धन्यवाद दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया