मनसुनी प्रणाली कमजोर, गर्मी बढ्यो

 असार ३१, २०७९ शुक्रबार ७:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनसुनी प्रणाली कमजोर भएकाले अबको तीन दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि लगातारको झरी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । केही दिनयता लगातारजसो पानी नपरे पछि गर्मी बढेको छ । विशेषगरी तराईमा गर्मीले जनजीवन प्रभावित भइरहेको छ ।

पछिल्लो २४ घण्टामा भैरहवाको अधिकतम तापक्रम ३७ दशमलव ८, धनगढीको ३७ दशमलव २, नेपालगञ्जकाे ३७, सिमराको ३६ दशमलव २, जनकपुरको अधिकतम तापक्रम ३५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, विराटनगरको ३४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको अधिकतम तापक्रम भने ३० दशमलव ५ डिग्री सेल्सियस छ । आज पनि अधिकतम तापक्रम यस्तै रहने अनुमान गरिएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ । 
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया