१३ वटा विधेयक प्रमाणीकरण

 असार ३१, २०७९ शुक्रबार १९:१०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले १३ वटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएका विभिन्न १३ वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज शुक्रवार प्रमाणीकरण गर्नुभएको छ ।

- लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
- आर्थिक वर्ष २०७९÷०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
- ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक
- राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक
- नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक
- तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
- यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक 
- फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक
- नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
- सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
- औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक 
- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक
- रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक    

यी १३ वटै विधेयककाे प्रमाणीकरण मिति २०७९३/१३ रहेकाे छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया