कोरोना नियन्त्रणको लागि भएका प्रतिबन्धका कारण चीनको अर्थतन्त्र खस्किन थाल्यो

 असार ३२, २०७९ शनिबार १८:१८:४५ | एजेन्सी
unn.prixa.net

कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लकडाउन गरिरहँदा चीनको अर्थतन्त्र खस्किएको छ ।

कोरोना संक्रमणलाई शून्यमा झार्न भन्दै चीनले आन्तरिक चहलपहल र सीमा नाकामा निकै कडाई गरिरहेको छ । यसको असर अर्थतन्त्रमा देखिन थालेको र अहिले चीनको कुल ग्राहस्थ उत्पादन जीडीपीमा २ दशमलव ६ प्रतिशतले गिरावट आएको बीबीसीले जनाएको छ । विश्वकै दोस्रो ठूलो जीडीपी भएको चीनले गएको जुन महिनामा जीडीपीमा १ प्रतिशतको बृद्धि हुने लक्ष्य लिएपनि उल्टै घटेको खबरमा उल्लेख छ ।

मुख्य व्यापारिक सहर संघाइसहित थुप्रै प्रान्तमा चीनले यस वर्षको सुरु देखि नै लकडाउन लगाएको थियो । कोरोना नियन्त्रणको लागि भन्दै गरिएका कडाईले अर्थतन्त्रमा असर देखिन थालेपछि चीनले नीति बदल्ने अपेक्षा गरिएको खबरमा उल्लेख छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया