देशलाई संकटबाट जोगाउन सबै वामपन्थी पार्टी एक हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

 असार ३२, २०७९ शनिबार १९:०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गर्नु भएको छ ।

देशलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढ्नुपर्ने उहाँको तर्क थियो । नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उहाँले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए देश नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्नु भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उहाँले सबै वामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटाेमा अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

नेता श्रेष्ठले आफै सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरु मिलेर अघि बढनुपर्ने बताउनु भयो । नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले तत्काल पार्टी एकताका लागि आधार नबनेपनि वामपन्थी दलहरुबीच तालमेल गरेर जान सकिने पटकपटक दोहोर्‍याउनु भयो ।

‘नेपालमा देशभक्त अगुवा शक्ति वामपन्थी शक्ति हो । यो कुरा कसैबाट छिपेको छैन । अहिले पनि वामपन्थी शक्तिहरु दुई तिहाईभन्दा बढी छन् यो देशमा । अहिलेको विभाजन र चिराचिराको अवस्थालाई छोडिदिने हो भने र एकतावद्ध गर्ने हो भने अनि राष्ट्रियतको रक्षा गर्नका निमित्त पनि देशभक्तिपूर्ण आन्दोलनको अगुवाई गर्ने शक्तिहरुले एकतावद्ध भएर सम्पूर्ण अरु देशभक्त शक्तिहरुलाई पनि मिलाएर राष्ट्रिय सहमती गरेर यो देशभक्तिपूर्ण आन्दोलनलाई सही दिशातर्फ अगाडि बढाउनु पर्छ', नेता श्रेष्ठले भन्नुभयो, 'म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु–तुम शेर तो, हम सवाशेर छोडिदिऊँ । घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गराैँ ।’

नेता श्रेष्ठले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाई राख्न दलहरुबीच राष्ट्रिय सहमती हुनुपर्ने पनि बताउनु भयो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया