भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा तत्कालै घट्ने सम्भावना कम

 साउन १, २०७९ आइतबार १३:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।

पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतबाट भाउ घटेर आए पनि अझै निगम घाटामा रहेकाले तत्कालै भाउ घट्ने सम्भावना नरहेको निगमले जनाएको छ ।

आयल निगमले अझै आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी भएको जनाएकाे छ । यो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट झन्डै १० अर्ब ऋण लिन लागेको जनाएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ ।

एक महिनाअघि प्रतिब्यारेल १ सय २० डलरभन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया