आर्थिक वर्षको पहिलो दिन नेप्से सामान्य बढ्यो, १ अर्ब २३ करोड रुपैयाँको कारोबार

 साउन १, २०७९ आइतबार १५:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ आर्थिक वर्ष २०७९/८० को पहिलो दिन शेयर बजार सामान्य बढेको छ । कारोबार सुरु भएदेखि नै घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा सामान्य बढेर बन्द भएको छ ।

नेप्से आज एक दशमलव ९३ अङ्कले बढेर दुई हजार ११ दशमलव ३९ विन्दुमा पुगेको छ । बैंक, व्यापार, उत्पादन, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ  ।

शेयर बजार समान्य बढेकाे दिन दुई सय १० वटा कम्पनीका ३० लाख ४५ हजार कित्ता शेयर एक अर्ब २३ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज राधी जलविद्युतको शेयर साढे पाँच प्रतिशत तथा प्रभु बैंक र नयाँ सारथी लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । सामुदायिक लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया