पाकिस्तानको खैबर पख्तुनख्वामा सरकारी सेनाको कारबाहीमा ३० जना...
माघ १३, २०८१ आइतबार
काठमाण्डौ – नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका ६ घर भइ अहिले ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय वासुदेव अर्याललाई प्रहरीले आज आइतवार पक्राउ गरेको हो ।
अर्यालले फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट पटक–पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीले जनाएको छ । तिखोकलम डट कम नामक सञ्चार संस्थाको पत्रकारको परिचय पत्रसमेत रहेका अर्यालले सौरभ डङ्गोलको सवारी चालक अनुमतिपत्र फेला पारि त्यही नाम र त्यही सवारी चालक अनुमतिपत्रको प्रयोग गरि रकम निकाल्ने गरेको पाइएको छ ।
पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।