नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गरेकाे आराेपमा पत्रकार पक्राउ

 साउन २, २०७९ सोमबार ६:५२:१४ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीले विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गरेकाे आराेपमा एक जना पत्रकारलाई पक्राउ गरेको छ।

प्रहरीले ठगी आराेपमा ललितपुरको सातदोबाटो बस्ने ‘तिखोकलम डटकम’ का पत्रकार २१ वर्षीय वासुदेव अर्याललाई पक्राउ गरेकाे हाे । 

प्रहरीका अनुसार उनले प्युठानका प्रकाशराज भण्डारीले त्रिपुरेश्वरमा सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिकाे नाममा नक्कली छाप र भण्डारीको नक्कली दस्तखत बनाएर ठगी गरेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अर्यालले भण्डारीको दस्तखतसहितको चेक फेला पारेर नक्कली दस्तखत र कम्पनीको नक्कली छाप बनाएर ठगी गरेकाे पाइएकाे जानकारी दिनुभयाे । 

अर्यालले नक्कली छाप र दस्तखत प्रयोग गरी अहिलेसम्म १० लाख ३५ हजार रुपैयाँ रकम निकालेको अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताउनुभयो । अर्याल ‘तिखोकलम डटकम’ नामक सञ्चार संस्थामा आबद्ध भएका प्रहरीले जनाएको छ ।

अर्यालबाट प्रहरीले पत्रकार परिचयपत्र, सरोज डङ्गोलको नामको गाडीकाे लाइसेन्स, विभिन्न बैंकको चेक दुई थान, विभिन्न कम्पनी तथा संस्थाको छाप आठ थान, विभिन्न व्यक्तिको दस्तखत भएको डायरी आठ थान, विभिन्न कम्पनीका सिमकार्ड १६ थान र मोबाइल दुई थान बरामद गरेको छ ।

प्रहरीले अर्यालमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२५ को दफा–२७६ ‘लिखतसम्बन्धी कसुर’ अन्तर्गत काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया