असारमा रोपाइँ कम भए पनि धान उत्पादनमा असर नपर्ने सरकारको दाबी

 साउन २, २०७९ सोमबार ७:२९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - असारमा रोपाइँ कम भए पनि अब रोपाइँ हुने क्षेत्र बढ्ने सरकारले अपेक्षा गरेको छ । मौसमविद्ले भोलिदेखि पानी पर्ने अनुमान गरेकाले अब रोपाइँको क्रम बढ्ने कृषि विभागले जनाएको छ ।

विभाग अन्तर्गतको बाली विकास संरक्षण केन्द्रका प्रवक्ता एवम् वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीका अनुसार रोपाइँ ढिलो भए पनि उत्पादनमा खासै असर पर्दैन ।

मुख्य धान खेती हुने ठाउँमा असार १५ देखि साउन १५ सम्म रोपाइँ हुने भएकाले ढिलो भएजस्तो लागे पनि असर नपर्ने उहाँको भनाइ छ । यसवर्ष मनसुनमा औसतभन्दा धेरै वर्षा हुने पूर्वानुमान गरिएको भए पनि अहिलेसम्म पर्याप्त पानी पर्न सकेको छैन । तराई तथा पश्चिमी क्षेत्रमा निक्कै कम पानी परेको छ ।

नेपालमा झन्डै चार महिना मनसुन अवधि रहने भएकाले अझै पानी पर्ने बेला बाँकी नै छ । असारभरिमा देशभर ५५ प्रतिशत मात्र धान रोपाइँ  भएको छ । गएको वर्ष असारभरिमा ७७ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष मलको चरम अभाव र मौसम प्रतिकूल हुँदा धान रोपाइँ अघिल्लो वर्षको भन्दा कम हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष मौसम अनुकूल रहेको हुँदा धान रोपाइँ छिटो भएको र यस वर्ष पश्चिम–तराईमा पानीको अभाव हुँदा रोपाइँ ढिलो भएको जोशीले बताउनुभयो।

बाली विकास तथा जैविक विविधता केन्द्रका अनुसार लुम्बिनी, बाँके, बर्दिया, कपिलवस्तुलगायत क्षेत्रमा नहर नहुँदा त्यहाँका किसान आकाशे पानीको भरमा धान रोप्न बाध्य छन् । धेरै ठाउँका किसान भने मलको अभाव झेल्न बाध्य छन् । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको छ।

सुदूरपश्चिम प्रदेशमा ८८ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा ७९ प्रतिशत, वाग्मती प्रदेशमा ६५ प्रतिशत, कर्णालीमा ५६ प्रतिशत,  लुम्बिनीमा ५३ प्रतिशत, मधेस प्रदेशमा ३९ प्रतिशत र प्रदेश-१ मा ४९ प्रतिशत रोपाइँ भएको छ। 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया