काठमाण्डौकाे तापक्रम ३२ डिग्री नाघ्याे

 साउन २, २०७९ सोमबार ७:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - काठमाण्डौमा हिजो मनसुन सुरु भएयताकै सबैभन्दा गर्मी भएको छ । काठमाण्डौमा हिजोको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो ।

हिजाे यसपालि मनसुन लागेपछिकै सबैभन्दा धेरै गर्मी भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । पानी नपर्दा काठमाण्डौसहित देशभर नै गर्मी बढिरहेको छ । अहिले भने काठमाण्डौसहित वाग्मती, प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा शीतल छ ।

हिजोअस्ति बिहानै घाम चर्किने गरे पनि यी प्रदेशका केही ठाउँमा आज बिहान हल्का पानी पर्नुका साथै मौसम आंशिकदेखि सामान्य बदली भएकाले केही शीतल भएको हो । तर, केही घण्टामा फेरि बादल हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँका अनुसार उपत्यकासहित केही ठाउँमा लागेको बादल केही घण्टामा हटेर फेरि घाम चर्किने सम्भावना छ । यसले गर्दा अहिले शीतल भए पनि गर्मी फेरि बढ्ने अनुमान छ ।

वाग्मती, गण्डकी र प्रदेश-१ को मौसम आंशिकदेखि सामान्य बदली भए पनि अन्य प्रदेशमा भने बिहानैदेखि घाम चर्किएको छ । गर्मीका कारण तराईका जिल्लाको जनजीवन बढी प्रभावित भइरहेको छ । चर्को घाम र गर्मीले दिउँसोको समयमा घरबाट बाहिर निस्कनै मुस्किल भएको छ  । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया