जङ्गलमा लागेको डढेलो फैलिएपछि फ्रान्समा १४ हजारभन्दा धेरै सुरक्षित ठाउँमा सरे

 साउन २, २०७९ सोमबार ८:३४:२० | एजेन्सी
unn.prixa.net

जङ्गलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्समा १४ हजार जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ । फ्रान्सको दक्षिण पश्चिम जङ्गलमा डढेलो फैलिएको छ।

नियन्त्रणभन्दा बाहिर गएपछि त्यहाँ घुम्न र छुट्टी मनाउनका लागि गएका पर्यटकलाई पनि फर्काउन थालिएको छ । डढेलो स्पेन, क्रोयसिया र ग्रीसमा समेत फैलिएको बीबीसीले जनाएको छ।

आगलागीकै कारण स्पेनको मिजास पहाडी क्षेत्रका ३ हजार २ सयभन्दा धेरै नागरिक भागेका छन् । पछि केही फर्किएका खबरमा उल्लेख छ । पोर्चुगलको भू-भागमा भएको आगलागी भने अहिले नियन्त्रणमा आएको छ । डढेलो, तातो हावा र गर्मीले युरोपको जनजीवन कष्ट कर बनेको छ ।

पोर्चुगलमा पछिल्लो हप्तायता गर्मीका कारण ६ सय ५९ जनाको ज्यान गएको त्यहाँको सरकारले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो ज्येष्ठ नागरिक रहेका बीबीसीले  जनाएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया