मनसुन सक्रिय, अबको तीन दिन धेरै ठाउँमा पानी पर्ने

 साउन ३, २०७९ मंगलबार ७:१५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

बिहान काठमाण्डौमा पानी परेको थियो भने प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोदेखि देशका धेरै ठाउँमा नै पानी पर्ने सम्भावना छ ।

अबको तीन दिनसम्म नै मौसम बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । यस्तै, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले बताएका छन् ।

लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भन्दै मौसमविद्ले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । पर्सि दिउँसोदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन्  । मनसुनको न्यून चापीय रेखा सामान्य अवस्था भन्दा केही माथि अर्थात नेपालतिर सरेकाले मनसुन फेरि सक्रिय भएको हो ।

हिजोअस्ति मनसुनी न्यून चापीय रेखा भारततर्फ रहेकाले नेपालमा पानी पर्न सकेको थिएन । मौसम बदली भएसँगै गर्मी कम भएको छ। 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया