दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्लादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ ।
झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ ।
नेपालबाट १० अर्ब ६९ करोड ९५ लाख रुपैयाँको सामान मात्र निर्यात भएको छ । निर्यातभन्दा आयात उच्च हुँदा काँकडभिट्टा नाकामार्फत भारतसँग नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ । काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बङ्लादेश र भुटानसँग पनि नेपालको व्यापार घाटा छ ।
बङ्लादेशसँग १० अर्ब ९ करोड ९९ लाख र भुटानसँग ७४ करोड ८६ लाख रुपैयाँ घाटा पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ६५ करोड ३५ लाख बराबरको सामान बङ्लादेशबाट आयात भएको थियो भने नेपालबाट ६० करोड ४५ लाखको मात्र सामान निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै भुटानबाट १ अर्ब २० करोड ५३ लाखको सामान आयात हुँदा ४५ करोड ६५ लाख सामान निर्यात भएको थियो ।
बङ्लादेश र भुटानसँग नेपालले काँकडभिट्टा नाकामार्फत व्यापार गर्दै आएको छ । भारतसँग अरु नाकाबाट पनि व्यापार हुन्छ । बङ्लादेशसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । बङ्लादेशसँग नेपालले आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार र २०७६/०७७ मा ३ अर्ब ९९ करोड ४३ लाख ११ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको थियो ।
यसैबीच मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । प्रमुख भन्सार अधिकृत ओलीका अनुसार १७ अर्ब ५३ करोड १९ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयले १५ अर्ब ७५ करोड ४७ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । पेट्रोलियम पदार्थ र सुपारीको आयात पूर्वी नाकाबाट धेरै भएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको उहाँको भनाइ छ ।
तस्बिर : विकिपिडिया
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।