पहिराे गएपछि राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड अवरुद्ध

 साउन ३, २०७९ मंगलबार ११:४४:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - पहिराे गएका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड अवरुद्ध भएको छ । दाङ–सल्यान सडक खण्डको चोरखोला नजिकै पहिरो जाँदा सडक ठप्प भएकाे हाे । 

पहिरोसँगै माथिबाट ठूलो ढुङ्गा खसेपछि सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

गएरातिदेखि नै पहिरो हटाउन प्रयास भइरहे पनि पहिरो झरिरहेका कारण  ‍सडक सञ्चालनमा आउन नसकेकाे प्रहरीले जनाएको छ । अहिले दुई वटा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया