स्मार्ट लाइसेन्स सबै प्रदेशमा छाप्ने व्यवस्था गरिन्छ : मन्त्री राई

 साउन ३, २०७९ मंगलबार १३:३६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताउनुभएको छ । 

आज मङ्गलवार मन्त्रालयमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकारभित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताउनुभयो । मन्त्री राईले समितिको प्रतिवेदन आएपछि स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बीनीमा दुई र प्रदेश १ र मधेश प्रदेश लगायतका सबै प्रदेशमा एक/एक ठाउँमा गरी स्मार्ट लाइसेन्स छपाइ गर्ने बताउनुभयो । सबै प्रदेशमा स्मार्ट लाइसेन्स छपाइको मेशिन राखेर सम्बन्धित प्रदेशले नै लाइसेन्स छाप्न सक्ने व्यवस्था गर्ने उहाँकाे भनाइ छ । 

मन्त्री राईले भन्नुभयो, ‘म भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएर आएको १५ दिन भएको छ । स्मार्ट लाइसेन्सको समस्या तत्कालै समाधान हुन्छ । इम्बोस्ड नम्बर प्लेटको बारेमा एक/दुई दिनमा नै सुखद समाचार सुन्न पाउनु हुनेछ ।’

सबै गाडीमा जीपीएस प्रणाली जडान गरी जथाभाबी चलाउने, सुरक्षित गन्तव्यमा पुग्ने गरी निगरानी गर्न सक्ने संयन्त्र बनाउने मेयर साहको चाहना देखिएकाले मन्त्रालयले कानुनी रूपमा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता आफूले जनाएको मन्त्री राईकाे भनाइ छ । 

मन्त्री राईले काठमाण्डाै महानगरपालिका क्षेत्राधिकारभित्रका सडकलाई अब बन्ने ऐनमा महानगर मातहतमा नै रहने व्यवस्था गर्ने तयारी भएको जानकारी पनि मेयर साहलाई दिएको बताउनुभयो । उहाँले तत्कालका लागि काठमाण्डाै उपत्यकाभित्र चार सय किलोमिटर मन्त्रालयको क्षेत्राधिकार भित्र पर्ने भएकाले त्यसमा ढल निकासाको समस्या भए सहयाेग गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया