पाकिस्तानको खैबर पख्तुनख्वामा सरकारी सेनाको कारबाहीमा ३० जना...
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – निर्वाचन आयोगले काठमाण्डौसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । निर्वाचन आयोगले काठमाण्डौ उपत्यका बाहिर पाँच जिल्लामा मतदाता नामावलीको लागि अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाएसँगै आठ जिल्लाबाट यो सेवा सुरु भएको हो ।
आयोगका अनुसार आजदेखि चितवन, कास्की, मोरङ, काभ्रेपलाञ्चोक र झापामा अनलाइन फारम भर्न सकिन्छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा भने गएको असार २९ गतेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको थियो । अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, आवश्यक कागजपत्रसहित फोटो खिच्न र औंठा छापका लागि आयोगको जिल्ला कार्यालयमा जानुपर्दछ ।
यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरूले भने फेरि फारम भर्न नपर्ने आयोगले जनाएको छ ।
नयाँ मतदाता नामावलीको लागि यहाँबाट फारम भर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Serab lama moktan
July 21, 2022, 7:04 p.m.Voting card
Jibnath bhattarai
July 20, 2022, 8:51 a.m.वेवसाइट जानकारी गराइदिनुस न /