नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश, तर खानेपानीको समस्या...
चैत ८, २०७९ बुधबार
महाेत्तरी – प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा लामाे समयदेखि बन्द रहेकाे सर्पदंश उपचार सेवा पुन: सुरु भएकाे छ । वर्षौंदेखि दक्ष चिकित्सकको अभावमा उपचार सेवा बन्द रहेकोमा गौशाला नगरपालिकाको पहलमा याे सेवा पुनः सञ्चालन भएको हो ।
उपचार केन्द्रमा अक्सिजनको व्यवस्था, ईमेर्जेन्सी प्यासेन्ट मोनिटरको व्यवस्था, एन्टीस्नेकभेनमको व्यवस्था, इन्टुवेशन सेवाको तत्कालै व्यवस्थापन गरेर उपचार सुरु गरिएको नगरपालिकाले जनाएको छ । चुनावमा स्वास्थ्य विषयलाई प्राथमिकता दिने वाचा गरेअनुसार नै नगरवासीलाई प्रत्यक्ष रुपमा फाइदा हुने किसिमको स्वास्थ्य सुधारको कार्यक्रम ल्याउने प्रयासमा रहेको नगरप्रमुख डा. दिपेन्द्र महतोले बताउनुभयाे ।
महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ ।