रनिल विक्रमासिङ्घे श्रीलङ्काका नयाँ राष्ट्रपति

 साउन ४, २०७९ बुधबार १३:३२:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी, फाइल फाेटाे

श्रीलङ्काकाे राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिनुभएकाे छ । आज बुधवार भएकाे चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशकाे नयाँ राष्ट्रपति चुनिनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गर्नुभयाे । दुई सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए । 

राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बाेधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि पहल गर्न भन्नुभएकाे छ । भाेलि बिहीवार सबै पार्टीसँग बसेर छलफल गर्ने पनि उहाँले बताउनुभयाे । 

तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलङ्काबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएकाे थियाे । 

रनिल विक्रमासिङ्घेकाे कार्यकाल सन् २०२४ नाेभेम्बरसम्म हुनेछ । उहाँले गाेटाबाया राजापाक्षेकाे बाँकी रहेकाे कार्यकाल पूरा गर्नुहुनेछ । 

आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा गएकाे हप्ता प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका थिए, यस्तै प्रधानमन्त्री विक्रमासिङ्घेको निवासमा आगजनी र प्रधानमन्त्री कार्यालय पनि कब्जामा लिएका थिए । प्रदर्शनकारीले कब्जामा लिएका ठाउँ अहिले छाेडिसकेका छन् । रनिल विक्रमासिङ्घे पनि श्रीलङ्कामा अलाेकप्रिय हुनुहुन्छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया