नेपालकाे पासपाेर्ट विश्वकै कमजाेर, जापानकाे सबैभन्दा बलियाे !

 साउन ४, २०७९ बुधबार १५:७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालको पासपोर्ट (राहदानी) विश्वकै कमजोर रहेको एक अध्ययनले देखाएकाे छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको 'पासपोर्ट इन्डेक्स' नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर पाइएको हो । 

अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १ सय ६ औँ स्थानमा राखेको छ । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१ सय ५ औँ) स्थानमा छ । गएको वर्ष नेपाल १ सय ९ औँ स्थानमा रहेको थियो । 

विश्वका कति देशले भिसाविना नै (भिसा फ्री स्कोर) ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिङ्गापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् । जापानी नागरिकहरूले पहिले नै भिसा नलगाइ संसारका एक सय ९३ देशको भ्रमण गर्न पाउँछन् भने नेपालीले ३८ देशको मात्र भ्रमण गर्न मिल्छ । 

दोस्रो शक्तिशाली सिङ्गापुर र दक्षिण कोरियाको राहदानीले एक सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले एक सय ९० देश घुम्न सकिन्छ । 

दक्षिण एसियाली देशहरूमध्ये भारत ८७, भुटान ९३, बङ्गलादेश १ सय ४ र पाकिस्तान १ सय ९ औँ स्थानमा रहेका छन् । सर्वेक्षण गरिएका देशमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा (१ सय १२ औँ स्थानमा) छ ।

यस्ताे छ सूची– 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया