बाँकेमा अहिलेसम्मकै धेरै पानी पर्‍याे, देशका धेरै ठाउँमा सामान्य वर्षा

 साउन ४, २०७९ बुधबार १६:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशको बाँकेमा सबैभन्दा धेरै पानी परेको मौसमविद्ले बताएका छन् । बाँकेको खजुरामा आज सबैभन्दा धेरै  एक सय ६० मिलिमिटर पानी परेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । यो भनेको अति धेरै वर्षा हो । बाँकेमा यो अहिलेसम्मको सबैभन्दा धेरै वर्षा हो ।

मौसमविद्को भाषामा कुनै स्टेशनले तोकेको ठाउँमा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई मध्यम, सयदेखि एक सय ५० सम्मलाई भारी र एक सय ५० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति धेरै भारी वर्षा भन्ने गरिन्छ ।

बाँकेको खजुरापछि बर्दियाको गुलरियामा एक सय पाँच मिलिमिटर पानी परेको छ । अहिले पनि बाँके र बर्दियामा निरन्तर वर्षा भइरहेको छ । वर्षाले बाँकेको कोहलपुर र नेपालगञ्जका केही क्षेत्र जलमग्न भएका छन् । सडक अग्लो भएको क्षेत्रमा दर्जनौँ घर र पसलमा पानी पसेको छ भने नालाको निकास बन्द भएको ठाउँमा पानी जमेर डुबान भएको छ ।  

साउनको पहिलो हप्तासम्म पनि वर्षा नभएपछि रोपाइँ गर्न नपाएका किसानहरू बुधवार बिहानदेखि परेको ठूलो वर्षाबाट खुसी भएका छन् । देशका अरू ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज राति भने सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा हिजोदेखि पानी परिरहेको छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया