ललितपुर महानगरले नम्बर प्लेटको नाममा हरेक घरसँग १ हजार रुपैयाँ उठाउने

 साउन ५, २०७९ बिहिबार १३:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिकाले घर नम्बर प्लेटको नाममा हरेक घरबाट १ हजार रुपैयाँ शुल्क उठाउन थालेको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका घरको लगत सङ्कलन र पहिचानको लागि भन्दै नम्बर प्लेट टाँसिरहेको छ ।

महानगरले केही घरमा यसअघि नै हरियो रङ्गको नम्बर प्लेट टाँसिसकेको छ ।

आज सूचना निकालेर महानगरले नम्बर प्लेटबापतको १ हजार रुपैयाँ शुल्क सम्पत्ति कर असुल हुने समयमा लिने जनाएको छ ।

घर नम्बर प्लेटको रकम नबुझाएमा सम्पत्ति कर समेत नलिने सङ्केत महानगरले गरेको छ । अब महानगरका घरधनीले सम्पत्ति कर बुझाउँदा १ हजार रुपैयाँ घर नम्बर प्लेटबापत बुझाउनुपर्नेछ । घर नम्बर प्लेटको शुल्क पहिले नै बुझाएको भए सम्पत्ति कर बुझाउने बेला प्रमाण बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

2 Comments

  • PP Tamu

    July 21, 2022, 1:34 p.m.

    गाडी नै नभाको घर लाई केको १००० उठाउने होलानी ? १००० होइन, १ पैसा पनि दिने छैन लु जा ! बज्जिया हो ! नचाहिदो२ काम गर्न खोज्छस ! कुनै एउटा निहु पार्दै पैसा उठाउने काम ? काम छैनस तेरिमाझ्याक्ने हो !

  •  1 Reply
  • sunita gurung

    July 21, 2022, 1:32 p.m.

    TOO EXPENSIVE FADERIALISM SYSTEM ,TAKING TAX FROM EVERY SIDE ,TO KEEP WHITE ELEPHANTS

  •  0 Reply

तपाईको प्रतिक्रिया