रहेन 'एन एन' पान्डा

 साउन ५, २०७९ बिहिबार १४:५४:३८ | एजेन्सी
unn.prixa.net

मानव रेखदेख र स्याहार सुसारमा रहेको संसारकै सबैभन्दा बूढाे पान्डा ३५ वर्षको उमेरमा मरेकाे छ । एन एन नामको यो पान्डा मानव आयुका हिसाबले एक सय पाँच वर्ष बाँच्यो । पान्ड ब्रिडन (प्रजनक) का अनुसार पान्डाको एक वर्षको उमेर मानव उमेरको तीनदेखि चार वर्ष बराबर हुन्छ । 

विगत केही हप्तायाता एनएनको स्वास्थ्य बिग्रँदै जाँदा उसले हिँडडुल गर्न मात्र छाडेन, चारोसमेत खाएन । यहाँको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने भएको छ । एनएनलाई उसको चलाखी र चञ्चलताका निम्ति क्लबले सधैँ सम्झिइरहने बताएको छ । 

संसारमा सबैभन्दा लामो समय जीवित रहेको जियाजिया नामको पोथी पान्डासँगै ११ मार्च १९९९ मा पार्कमा ल्याइएको एनएन चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको थियो । सन् २०१६ मा ३८ वर्षको उमेरमा जियाजियाको मृत्यु भएपछि एनएनले एक्लै महसुस गरेको थियो । 

बेलायतले हङहङलाई मुख्य भूमि चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर पान्डा संरक्षण तथा अनुसन्धान केन्द्रबाट केन्द्र सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई विशाल पान्डा अध्ययन–अनुसन्धानका निम्ति प्रदान गरेको थियो । 

प्राकृतिक वासस्थानमा पान्डाको औसत आयु २० वर्षको हुने गरेको छ भने मानव स्याहार पाउँदा थप १० वर्ष बाँच्न सक्ने अध्ययनले देखाएको छ । पर्यावरणीय सन्तुलन एवम् जैविक विविधता कायम गर्न पान्डा उपयोगी जनावर हाे । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया