जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको म्याद ७ दिन थपियो

 साउन ५, २०७९ बिहिबार १६:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप भएको छ ।

सभामुख अग्नि सापकोटाले म्याद थपका लागि राखेको प्रस्ताव प्रतिनिधि सभाले पारित गरेको छ । यसअघि समितिलाई १० दिनका लागि दिएको समय भोलि शुक्रवार सकिँदैछ । तोकिएको समय सीमाभित्र समितिले काम पूरा गर्न नसकेपछि सभामुखले सात दिनको समय थप गर्नुभएको छ ।

संसदीय समितिले आजसम्म पूर्वमन्त्री शर्मासहित, सचिव, सहसचिव, बजेट निर्माणमा संलग्न कर्मचारी, राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, पहिलो पटक समाचार लेख्ने पत्रकार लगायतसँग बयान लिएको छ । तर समितिले अहिलेसम्म बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्ने काममा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुने कुनै प्रमाण फेला पार्न सकेको छैन । 

निवर्तमान अर्थमन्त्री शर्मामाथि २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ । यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । छानबिन समिति गठन भए पछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया