मनसुनको न्यून चापीय रेखा फेरि भारततर्फ सर्दै, अब केही दिन ठूलो पानी नपर्ने

 साउन ६, २०७९ शुक्रबार ७:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज हिजो र अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पानी पर्ने प्रणाली फेरि दक्षिणतर्फ अर्थात मध्य भारततर्फ सर्न थालेकाले नेपालमा केही दिनलाई लगातार झरी र ठूलो वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभयो।

मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेकाले हिजो र अस्ति देशका धेरै ठाउँमा वर्षा भएको थियो भने केही ठाउँमा ठूलो पानी समेत परेको थियो । तर, अहिले मनसुनको न्यून चापीय रेखा फेरि दक्षिणतर्फ सर्ने क्रममा रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

केही दिनअघि मनसुनको न्यून चापीय रेखा दक्षिणमा हुँदा नेपालभर गर्मी बढेको थियो । पानी पर्न नसक्दा प्राय सबै ठाउँको अधिकतम तापक्रम बढेको थियो । अहिलेलाई त्यस्तै अवस्था हुने सम्भावना भने नरहेको तर पानी नपर्दा गर्मी भने केही बढ्ने मौसमविद्ले बताएका छन् ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया