तीन दिनसम्म १८ जिल्लाका नदी तथा खोलामा बाढीको खतरा

 साउन ६, २०७९ शुक्रबार १२:२२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आजदेखि तीन दिनसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले यी क्षेत्रका नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

कोशी, नारायणी, कन्काई, कर्णाली, महाकाली लगायत ठूला नदीमा भने तीन दिनसम्म पानीको सतह सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।

तस्बिर : बाढी पूर्वानुमान महाशाखा

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया