पत्रकार प्रलाेभन र दबाबमा पर्नु हुँदैन : प्रधानमन्त्री देउवा

 साउन ६, २०७९ शुक्रबार १४:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताउनुभएको छ । 

आज शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवाैँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको बताउनुभयो । प्रमाणमा आधारित सत्य–तथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको आवश्यकता रहेकाे उहाँकाे भनाइ छ ।  

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘प्रविधिको विकासले सूचनालाई सहज, छिटो र छरितो बनाउने काम गरेको छ, अर्कोतिर मिथ्या सूचनाहरू फैलिनसक्ने चुनौती पनि त्यत्तिकै छ । पत्रकारिता क्षेत्र हिजोभन्दा आज झन् संवेदनशील, उत्तरदायी हुन आवश्यक छ । पत्रकारिताको संस्थागत विकास आजको आवश्यकता हो । स्वच्छ पत्रकारिताको प्रवर्द्धनका निम्ति प्रेस युनियन सक्रिय हुनुपर्छ ।’

प्रधानमन्त्री देउवाले सञ्चारकर्मीले कसैको प्रलोभन, भय र दबाबमा नआइ निष्पक्ष ढङ्गबाट पत्रकारिता गर्न पनि आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया