सञ्चारमाध्यमले सही सूचना दिनु पर्छ : गगन थापा

 साउन ६, २०७९ शुक्रबार १४:४७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन/प्रसारण गर्न सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ । 

आज शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवाैँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै नागरिकले आफ्नो मूल्याङ्कन गर्नै भएकोले सही सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो । नागरिकलाई सत्य–तथ्य कुरा सही ढङ्गले सम्प्रेषित गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नागरिकले थाहा पाउने गरेर तथ्य र प्रमाणका आधारमा सूचना सम्प्रेषण गर्नुपर्छ । सञ्चारमाध्यमले दिएको तथ्यको आधारमा नै नागरिकले मत बनाउने हो । हामी संसदमा नागरिकता विधेयकमाथि छलफल गर्दैछौँ ।छलफलमा भएका विषयलाई सही ढङ्गले सम्प्रेषित गर्न सकेनौँ भने धेरै मानिसले बनाउने मत हुँदै नभएको व्यवस्था लागू गरेको छ भन्ने हुन्छ ।’

महामन्त्री थापाले सही ढङ्गले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया