संसारमा कहीँ पनि नागरिकता विधेयक खुकुलाे हुन्न : भीम रावल

 साउन ६, २०७९ शुक्रबार १५:४३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभएकाे छ । आज शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

नागरिकता विधेयकलाई समितिमा नपठाइ जबरजस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरङ्कुशता भएको सांसद रावलले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘छलफल होइन केवल छल हो । नागरिकताजस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालीन अस्तित्वसँग गाँसिएको नागरिकताजस्तो गम्भीर विषयलाई समितिमा नपठाइ जबरजस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास हो । निरङ्कुशता हो । राष्ट्रियताप्रतिको खेलबाड हो । संसारमा कहीँ पनि नागरिकता खुकुलो हुन्न ।’

सांसद रावलले नेपाली नागरिकसँग विवाह गर्ने महिलाले नागरिकता लिन चाहेमा निश्चित अवधि बसोवास गर्नुपर्ने भनी प्रमुख राजनीतिक दलका नेताहरूले गरेको सहमति विपरीत विधेयक अगाडि बढाइएको बताउनुभयो । उहाँले राज्य व्यवस्था समितिले निर्णय गरी पेस गरेको सात वर्षको प्रावधानलाई हटाउनु राष्ट्रप्रतिको बेइमानी भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया