नागरिकतामा ७ वर्षे अवधिकाे प्रावधान हटाएकाेप्रति एमाले सांसदकाे विराेध

 साउन ६, २०७९ शुक्रबार १५:५७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशीहरूलाई नागरिकता दिनका लागि सात वर्षे अवधिकाे प्रावधान हटाएकोप्रति विरोध गरेको छ । 

आज शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसदहरूले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिन सात वर्षे अवधिकाे प्रावधान राख्नुपर्नेमा जोड दिएका हुन् । 

एमाले सांसद खगराज अधिकारीले नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गर्दा अन्य सबै अधिकार पाउने तर नागरिकताको पूर्ण अधिकार भने सात वर्षपछि पाउने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली पुरुषसँग विवाह गर्ने महिलाले अरू सबै अधिकार पाउने तर नागरिकताको पूर्ण अधिकार सात वर्षपछि पाउने व्यवस्था राखौँ भन्नका निम्ति हामीले संयुक्त संशोधन गरेका हाैँ । त्यसलाई पारित गर्न अनुरोध गर्दछु ।’

त्यस्तै सांसद विन्दा पाण्डेले पनि विवाहपछि सात वर्ष बसोवास गरेपछि मात्रै नागरिकता दिने प्रावधान राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वैवाहिक अङ्गीकृत नागरिकता प्राप्तिको सन्दर्भमा लैङ्गिक समानताका आधारमा सुरुमा बसोवासको स्थायी परिचयपत्र लिन सक्ने प्रावधानसहित नेपाली नागरिकसँग विवाह गरेका विदेशीले नेपालमा सात वर्ष बसोवास गरेपछि लैङ्गिक समानताको आधारमा नेपाली नागरिकको विदेशी दम्पतीलाई व्यवहार गर्ने प्रावधान राखेर जाउँ ।’ 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया