नेपाल चाँडै दक्षिण एसियामा बलियाे अर्थतन्त्र भएकाे देश बन्छ : मन्त्री कार्की

 साउन ६, २०७९ शुक्रबार १७:३९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल चाँडै दक्षिण एसियामा बलियाे अर्थतन्त्र भएको देशकाे रूपमा परिणत हुने उद्घोष गर्नुभएको छ । 

आज शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवाैँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपालको अर्थतन्त्रमा केही समस्या रहे पनि श्रीलङ्का पथमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले देशमा हरेक चोक–चोकमा नेपाल श्रीलङ्काकाे बाटाेतर्फ गइरहेकाे छ भनेर अफवाह फैलाइएको छ । नेपाल चाँडै नै दक्षिण एसियामा सबल अर्थतन्त्र भएको देशकाे रूपमा स्थापित हुनेछ । अब चाँडै सङ्घ र प्रदेशको चुनाव आउँदैछ, यसबाट हामीले १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको देशकाे रूपमा परिणत गर्ने गरेर जानुपर्छ ।’ 

सञ्चारमन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको बताउनुभयो ।  

कार्यक्रममा बाेल्दै मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिबद्ध रहेको दाबी गर्नुभयो । उहाँले सरकार दक्षिण एसियामा नै प्रेस स्वतन्त्रताको अग्रणी देशको रूपमा नेपाललाई स्थापित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया