शिन्जाे आबेको सम्मानमा जापानले सेप्टेम्बर २७ मा राष्ट्रिय अन्त्येष्टि गर्ने

 साउन ७, २०७९ शनिबार ६:३०:१२ | एजेन्सी
unn.prixa.net

जापानले सेप्टेम्बर २७ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेको सम्मानमा राष्ट्रिय अन्त्येष्टि कार्यक्रम गर्ने भएको छ ।

आउँदो सेप्टेम्बर २७ अर्थात असोज ११ मा हुने अन्त्येष्टिमा विदेशी नेताहरु सहभागी हुने अपेक्षा छ । यो समारोह राजधानी टोकियोको निप्पोन बुडोकानमा हुनेछ ।

सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले जापानमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा आबेको रेकर्ड, उहाँको कामकाे उपलब्धि र विदेशी नेताहरूसँगको सम्बन्धले राष्ट्रिय अन्त्येष्टि समारोह उपयुक्त रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

गएको जुलाई ८ मा पश्चिमी सहर नारामा भएको राजनीतिक कार्यक्रममा आबेलाई गोली हानिएको थियो । उहाँको उपचारका क्रममा निधन भएको थियो ।

जापान सरकारले यसअघि सन् १९६७ मा पनि एक पूर्व प्रधानमन्त्रीको निधनमा राष्ट्रिय अन्त्येष्टि गरेको थियो।     

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया