पाकिस्तानको खैबर पख्तुनख्वामा सरकारी सेनाको कारबाहीमा ३० जना...
माघ १३, २०८१ आइतबार
काठमाण्डाै - प्रदेश नम्बर एकको नामकरण चालु अधिवेशनबाटै गर्न सबै दलहरुबीच सहमति भएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले नामाकरणका सम्बन्धमा गरेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुबीच संसद्को चालु अधिवेशनबाटै प्रदेशको नामाकरण गर्न सहमति भएको नेताहरुले जानकारी दिएका छन् ।
मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभामा प्रक्रियामा लैजानुअघि निरन्तर छलफल गर्नुपर्ने दलहरुको निष्कर्ष रहेको जानकारी दिनुभयो । उहाँले दलहरुले यसअघि प्रस्ताव गरेका नामको अडान छाडेर लचकता देखाउनुपर्ने विषयमा छलफल बढी केन्द्रित भएको बताउनुभयो । उहाँले पार्टीहरुबाट वैकल्पिक नाम ल्याउनेसमेत सहमति कायम भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशको नामाकरणको प्रक्रिया तत्काल थाल्नुपर्नेमा जोड दिनुभएको छ । नेताहरुका अनुसार प्रदेश-१ को राजधानी विराटनगर राख्न यसअघि दलहरुबीच साझा सहमति भए जस्तै नामाकरणमा पनि साझा मिलनबिन्दु खोजेर जाने शीर्ष तहमा सहमति भएको हो ।
प्रदेश-१ को प्रदेश सभामा ९३ सदस्य रहेकामा एमालेका सभामुखसहित ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टी नेपाल जसपाका तीन र राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक जना सदस्य छन् ।
प्रदेश सभाबाट एमालेका दुई जनाले पालिकामा उम्मेदवारी दिन राजीनामा दिएका थिए भने माओवादी केन्द्रका एक सांसद पदमुक्त भएका थिए । ७ वटा प्रदेशमध्ये प्रदेश-१ को मात्रै नामाकरण टुङ्गो लाग्न बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।