पुनर्निर्माण भइनसकेका राणाकालीन भवनहरु (फोटोफिचर)

 साउन ७, २०७९ शनिबार ९:४९:४८ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - २०७२ सालको भूकम्पले भत्काएका केही सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण भए पनि अझै कतिपय सम्पदाहरु जीर्ण छन् ।

कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन बिताइरहेका छन्। सांस्कृतिक सम्पदाको अवस्था पनि उस्तै छ । केही सांस्कृतिक सम्पदाको पुनर्निर्माण भएको छ भने कतिपय ठाउँमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन । 

रानीपोखरीकाे निर्माण  सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा छ ।  राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु भने अझै जीर्ण छन् ।

कतिपय भवन अभावमा कार्यालयहरु यस्तै जोखिमपूर्ण भवनमै सञ्चालनमा  छन् । केही भवनकाे पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिए पनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ । 

भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवनका केही तस्बिर :

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया