सरकार र गठबन्धनप्रति नारायणकाजीकाे आक्राेश : नागरिकता विधेयक यसरी ल्याउन मिल्छ ?

 साउन ८, २०७९ आइतबार १६:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारूढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभएको छ । अन्तरवस्तु र पद्धति दुवै हिसाबले गलत ढङ्गले नागरिकता विधेयक प्रतिनिधि सभाबाट सरकारले र सत्तारूढ गठबन्धनले पारित गराएकोमा सत्तारूढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गर्नुभयो । 

आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले याे विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रिय सभामा बोले पनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको भन्दै गुनासो गर्नुभयो । दलहरूमा वैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धी विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरवस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले विधेयक पारित गर्नुअघि नै राखेको छु, राष्ट्रिय सभामा बोलेको छु त । आफ्नो पार्टीमा पनि राखे । त्यो पारित भएपछि किन गलत छ भनेर मैले सार्वजनिक बहस गरिसके । वैचारिक–सांस्कृतिक स्खलनको समस्या हो । निष्ठा कमजोर हुँदै गएको समस्या हो ।’

नेता श्रेष्ठले दलहरूले तत्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढ्ने गरेकाले पनि देशकाे राष्ट्रियता खतरामा पर्दै गएको बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया