ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसहरूलाई कारबाही

 साउन ८, २०७९ आइतबार २०:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका बसलाई कारबाही तथा सचेत गराउने काम सुरु गरेकाे छ । 

यही साउन ४ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याबसन, एनप्याबसन, हिसान र अभिभावक सङ्घबीच स्कुल बस निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो । आज आइतवार विभिन्न स्कुलका बस जाँच गर्ने क्रममा निर्देशिका विपरीतका काम गरेकाे पाइएकाले कारबाही गरिएकाे ट्राफिक प्रहरीले जनाएकाे छ । 

ट्राफिक नियम विपरीत सञ्चालन गरिएका स्कुल बसका चालकलाई कारबाही गर्नुका साथै स्कुल व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको छ । आउँदा दिनमा समेत निर्देशिका विपरीत सञ्चालन हुने स्कुल बसलाई कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया