अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न गृहमन्त्री खाणको निर्देशन

 साउन ९, २०७९ सोमबार १०:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न निर्देशन दिनु भएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ उहाँले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो ।

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभएको हो। गएरातिको  अमर विष्टको घर पहिरोले पुरिँदा  उहाँकी भाउजु हरिकला विष्ट, भाइ वीरेन्द्र र भतिज १५ वर्षका संविधान विष्टको ज्यान गएको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताउनु भएको छ ।

घाइते भएकी ६५ वर्षकी नैना विष्टको भने उद्धार गरिएको छ । उहाँको उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया