आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान

 साउन १०, २०७९ मंगलबार ७:४८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसाे प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।  

केही  ठाउँमा ठूलो वर्षाको सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेका ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ । पूर्वी क्षेत्रमा मनसुन केही सक्रिय भएकाले त्यस क्षेत्रमा ठूलो वर्षाको अनुमान गरिएको हो । काठमाण्डौमा पनि आज दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया