निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुग्याे : दोषी अझै पत्ता लागेन

 साउन १०, २०७९ मंगलबार ११:५३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताउनुभयो ।

अहिले पनि त्यस क्षेत्रका १८/१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । हत्याकाण्डको अनुसन्धानका लागि १ सय ७ जनाको डीएनए परीक्षण भइसकेको छ भने अहिलेसम्म ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ ।

नेपाल प्रहरीले धेरै साधन स्रोत र जनशक्ति खर्च गरेर निरन्तर चार वर्षसम्म यसरी अनुसन्धान गरेको याे पहिलो घटना भएको प्रहरी अधिकारीहरु बताउँछन् । २०७५ साल साउन १० गते उल्टाखामकी १३ वर्षकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । हत्या भएको भोलिपल्ट उखुबारीमा पन्तको शव भेटिएको थियो । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया