विराटनगर जुट मिल फेरि सञ्चालन गरिन्छ : उद्योगमन्त्री बडू

 साउन १०, २०७९ मंगलबार १४:९:३२ | रासस
unn.prixa.net

फाइल तस्बिर

माेरङ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विराटनगर रानीमा रहेकाे विराटनगर जुट मिल फेरि सञ्चालन गरिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज मङ्गलवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवम् व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिनुभयो । मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योगलगायत के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगनमनपछि निर्णय गर्ने जानकारी दिनुभयो ।

मन्त्री बडूले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गर्ने विचार राख्नुभयो । एक प्रश्नको जवाफमा उहाँले निजी क्षेत्रले बजेटमा कर वृद्धिसम्बन्धी गुनासो समाधान गर्ने धारणा राख्नुभयो । 

मन्त्री बडूले निजी क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनका लागि उद्यमीहरूलाई के कस्तो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा पनि आवश्यक छलफल गरी अघि बढ्ने बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया