श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्कने अपेक्षा

 साउन १०, २०७९ मंगलबार १७:३८:५९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्धनाले बताउनुभएकाे छ । 

आज मङ्गलवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता गुणवर्धनाले पूर्वराष्ट्रपति राजापाक्षे औपचारिक माध्यमबाट सिङ्गापुर गएकाले उहाँ लुकेर त्यहाँ बसेको भन्नु मनासिब नभएको बताउनुभयाे । गएकाे असार २९ गते राजापाक्षे श्रीलङ्काबाट माल्दिभ्स हुँदै असार ३० गते सिङ्गापुर पुग्नुभएकाे थियाे ।  

सिङ्गापुर पुगेको भोलिपल्ट उहाँले पदबाट राजीनामा दिनुभएकाे थियाे । त्यही दिन सभामुख महिन्दा यापा अबेवर्देनाले उहाँको आधिकारिक राजीनामाको घोषणा गर्नुभएकाे थियाे । 

चरम आर्थिक सङ्कटले पिरोलिएका श्रीलङ्काका नागरिक औषधि, इन्धन र खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको अभावमा सङ्घर्ष गरिरहेको छन् । राजापाक्षेको कुशासनका कारण आफूहरूले अकल्पनीय अभावको सामना गर्नुपरेको भन्दै हजाराैँ सर्वसाधारण विरोध प्रदर्शनमा उत्रेका थिए भने केहीले राष्ट्रपति निवासमा प्रवेश गरेर उनलाई देश छाड्न बाध्य पारेका थिए । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया