रूसद्वारा युक्रेनको ओडेसामा पुनः आक्रमण

 साउन ११, २०७९ बुधबार ६:४७:१ | एजेन्सी
unn.prixa.net

रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ ।

देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ ।

ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक हप्ता पनि नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको हो ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको दोहोर्याउनु भएको छ । तर उहाँले युक्रेनका सहयोगी पश्चिमा देशले त्यो नचाहेकोे दाबी समेत गरेको समाचार संस्था एएफपीले जनाएको छ । रूसी विदेशमन्त्री लाभरोभ युगान्डा भ्रमणमा हुनुहुन्छ ।
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया