भैरहवामा आज पहिलो चार्टर्ड उडान : भियतनामबाट आउने जहाज काठमाण्डौ हुँदै अवतरण हुने

 साउन ११, २०७९ बुधबार ७:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक रुपमा सञ्चालनमा आएको दुई महिनापछि आज पहिलो चार्टर्ड उडान/अवतरण हुँदैछ ।

भियतनामको नोइ बाइ इन्टरनेशनल एअरपोर्टबाट दुई जना भिक्षु यात्रु बोकेर आउने १२ सिटे प्राइभेट जडाज काठमाण्डौ हुँदै भैरहवामा अवतरण हुन लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवम् सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जहाज मौसमले साथ दिएमा सवा १२ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

पाँच दिन पार्किङमा रहने जहाज साउन १६ गते काठमाण्डौ हुँदै भियतनाम फर्कने उडान तालिका रहेको पनि उहाँले बताउनुभयो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान मात्रै हुँदै आएका थिए ।

गएको जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएसँगै भैरहवा विमानस्थलबाट अहिले जजिरा एअरवेजले मात्रै उडान गरिरहेको छ । 
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया