काठमाण्डौको फोहोर भोलिदेखि उठ्ने, पायक पर्ने ठाउँमा लगेर राख्न महानगरको अनुरोध

 साउन ११, २०७९ बुधबार १४:५२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनदेखि रोकिएको फोहोर काठमाण्डौ महानगरपालिकाले भोलिदेखि उठाउने भएको छ । महानगरपालिकाले आज एक सूचना निकालेर भोलि बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गरिने भएकाले पायक पर्ने ठाउँमा फोहोर संकलन गरेर राख्न अनुरोध गरेको छ ।

बञ्चरेडाँडासम्म फोहोर लैजाने  सडक निर्माणको काम आजसम्ममा सकिने भएकाले भोलिदेखि फोहोर उठाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ । केही दिनअघि महानगरले एक हप्तासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो । आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, सडक र गल्लीलाई फोहोर हुन रोकेर सफा र स्वच्छ राखेकामा महानगरबासीलाई काठमाण्डौ महानगरले धन्यवादसमेत दिएको छ  । आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया