अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

 साउन १२, २०७९ बिहीबार ७:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज बिहीवार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज र भोलि नेपालमा रहनु हुनेछ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको एक महिनापछि उहाँको नेपाल भ्रमण हुन लागेको हो ।

नेपालले एसपीपी सम्झौता अस्वीकार गरे पनि यसबारे अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेको छैन । चौतर्फी आलोचना भएपछि नेपालले गएको असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो । यसअघि गएको मंसिर १ देखि ४ गतेसम्म नेपालमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेल्नु भएको थियो ।

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आउनुअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश समन्वय विभाग प्रमुख लिउ जियान्चाओले नेपालको भ्रमण गर्नु भएको थियो । लिउ जियान्चाओ फर्किएको दुई हप्ता नबित्दै अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउन लागेकाले यसलाई चासोकासाथ हेरिएको छ।
 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया