१४ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम

 साउन १२, २०७९ बिहीबार १०:१३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - अबको तीन दिनसम्म १४ जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार अबको तीन दिन काभ्रे, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, कास्की, लमजुङका साना नदी तथा खोलामा बाढीको पूर्वानुमान गरिएको छ ।

यस्तै, म्याग्दी, बैतडी, डडेलधुरा र आसपास भइ बहने नदी तथा खोलामा आकस्मिक बहाव बढ्ने भएकाले यी जिल्ला भएर बहने नदी तटीय क्षेत्रममा सतर्कता अपनाउन आग्रह गरिएको छ । 

ग्राफ : बाढी पूर्वानुमान महाशाखा

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया